दफा २१
आय व्ययको लेखा
(१) प्राधिकरणले आफ्नो वित्तीय अवस्था स्पष्ट देखिने गरी प्रचलित नेपाल लेखामान बमोजिम आफ्नो हिसाब किताब, लेखा तथा वित्तीय विवरण दुरुस्त राख्नु पर्नेछ।

(२) प्राधिकरणले आफ्नो काम कारबाहीमा- तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ।